नक्सलबारी, 5 जून (निसं): नक्सलबारी थाना पुलिसद्वारा 23 ग्राम ब्राउन सुगरसहित दुई जना युवकलाई पक्राउ गरिएको छ। पक्रा पर्नेहरूको नाम शोहान लामजेल र जिग्मी तामाङ रहेको छ। दुवै जना दार्जीलिङ सदर क्षेत्रका वासिन्दा हुन्।
जानकारी अनुसार, गत राति उनीहरूले खोरीबारीस्थित पानीट्याङकी क्षेत्रबाट ब्राउन सुगर किनेर मोटरसाइकल मार्फत दार्जीलिङ जाँदै गरेका थिए। गोप्य सूचनाको आधारमा पुलिसले नक्सलबारीको जाबडा मोड क्षेत्रमा अभियान चलाएर उनीहरूलाई नियन्त्रणमा लिइएको बताइएको छ।
छानबिन गर्दा उनीहरूको बाट 23 ग्राम ब्राउन सुगर उद्धार गरिएको छ। त्यसपछि पुलिसले दुवै युवकलाई एनडीपीएस ऐन अन्तर्गत पक्राउ गरेको छ। यसको साथै, प्रयोग गरिएको मोटरसाइकल पनि जफत गरिएको छ।
पक्रा परेका युवकहरूलाई आज सिलगढी अदालतमा पेश गरिएको छ। पुलिसले घटना सम्बन्धी थप जाँच शुरु गरेको छ।
