नेपालबाट ल्याइरहेको अवैध 15 वटा गाई पक्राउ

नक्सलबारी: भारत-नेपाल सिमानामा अवस्थित एसएसबी 19औ बटालियनका जवानहरूले गश्ती लगाइरहेको समय नेपालबाट अवैध रूपमा ल्याइरहेको 15 वटा गाई-गोरू जफत गरेर नजिकैको पुलिस थानामा सुम्पिदिएको छ। एसएसबी 19बटालियन सूत्रले दिएको जानकारी अनुसार खटखटी क्याम्पका जवानहरूले गश्ती लगाइरहेको समय नेपालबाट अवैध रूपमा गाई-गोरू तस्करी गर्न ल्याइरहेको समय एसएसबी-का जवानहरूलाई देखेपछि तिनीहरू नेपालतर्फ चम्पट कसे। यसपछि ती जफत गरिएको 15 वटा भारतीय पुलिस थानामा सुम्पिदिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *