विवाहको झुटो आश्वासन दिएर शिक्षिकासँग 46 लाख रुपियाँ ठगी, नकली IAS अधिकारीसहित चार जना पक्राउ

सिलगढी: विवाहको झुटो आश्वासन दिएर केन्द्रीय विद्यालयमा कार्यरत एकजना शिक्षिकाको 46 लाख रुपियाँ ठगी गरेको आरोपमा सिलगढीको प्रधाननगर थाना पुलिसले नक्कली IAS अधिकारीसहित चार जनालाई पक्राउ गरेको छ।
प्राप्त जानकारी अनुसार सन् 2019 मा पीडित शिक्षिकाको मोबाइलमा एउटा अज्ञात नम्बरबाट सन्देश आएको थियो। ती व्यक्तिले आफूलाई सुरजीत राय नामक IAS अधिकारीको रूपमा परिचय दिएका थिए। त्यसपछि शिक्षिका र सुरजीत रायबीच कुराकानी सुरु भयो र सम्बन्ध विवाहको कुरासम्म पुगेको थियो।
नक्कली IAS अधिकारीले आफू RAW (रिसर्च एण्ड एनालाइसिस विङ) सँग आबद्ध अधिकारी भएको समेत दाबी गरेका थिए। उनले आफ्नो पितालाई हैदराबादका आईजी रञ्जीत राय भनेर चिनाएका थिए।
शिक्षिकालाई विश्वासमा लिएपछि आरोपीले आमा अमेरिकामा हृदय शल्यक्रियामा रहेको, पारिवारिक संकट आएको लगायत विभिन्न झुटो बहाना देखाउँदै शिक्षिकासँग किस्ताबन्दीमा मोठ 46 लाख रुपियाँ ठगी गरेका थिए।
पीडित शिक्षिकाले आफ्नो तलब, बैंक लोन, सुन बन्धक राखेर लिएको ऋण र आफ्ना बाबुको पसल समेत बेचेर आरोपीलाई पैसा दिएकी थिइन्। पछि आफू ठगिएको थाहा पाएपछि शिक्षिकाले 18 मईमा प्रधाननगर थानामा लिखित भियोग दर्ता दिएकी थिइन्।
पुलिसले सक्रियता देखाउँदै आरोपीको मोबाइल लोकेशन ट्र्याक गरेर 24 घण्टाभित्र हल्दिबारीको हेमकुमारी क्षेत्रबाट मुख्य आरोपीलाई पक्राउ गरेको थियो। जाँचमा थाहा लागे अनुसार आरोपीको वास्तविक नाम अल्बेरुनी सरकार (36) हो। उनी विवाहित छन् र एक सन्तानका पिता पनि हुन्। उनीविरुद्ध पहिलेदेखि नै POCSO एक्ट अन्तर्गत मुद्दा दर्ता रहेको छ।
सोधखोजको क्रममा थप तीन जना बर्णा सरकार, बिप्लव राय र रामनिश यादवको संलग्नता पत्तो लागेपछि पुलिसले उनीहरूलाई पनि पक्राउ गरेको छ। ठगीको रकम ती आरोपीहरूको ब्याङक खातामा जम्मा गरिएको भेट्टाइएको छ। हालसम्मको जाँचमा पुलिसले 46 लाखमध्ये झण्डै 19 लाख रुपियाँ बराबरको सामान उद्धार गरेको छ।
आज चारैजनालाई सिलगढी अदालतमा उपस्थित गराएर 10 दिनको पुलिस हिरासतमा लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobetmatadorbetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabet Built with ❤︎ by appycodes