11 सूत्रीय मागमा कांग्रेसद्वारा नक्सलबारी थानामा ज्ञापन

सिलगढी : नक्सलबारी अन्तर्गत मनीराम ग्राम पञ्चायतको विभिन्न चियाकमान इलाकामा हाल ड्रग्स तथा रम-रक्सीको व्यापार चलिरहेकोले गर्दा इलाकावासीहरूले असुरक्षाको महसुस गर्दै दिनहरू बिताइरहेका छन्। यसैलाई केन्द्र गरेर आज इलाकामा सीसीटीभी क्यामारा, पुलिसको गश्ती बढ़ाउनुपर्ने लगायत अन्य मागलाई लिएर मनीराम अञ्चल कांग्रेस कमिटीले आवाज उठाएको छ। उक्त कमिटीले आज संगठनका अध्यक्ष लोदिन रायको नेतृत्वमा 11 सूत्रीय मागलाई लिएर नक्सलबारी थानामा एउटा ज्ञापन पत्र चढायो। नक्सलबारी ब्लक कांग्रेसका अध्यक्ष अमिताभ सरकारले बताएअनुसार यहाँ केवल रम-रक्सी, ड्रग्स मात्र नभएर प्रशासनको आँखामा धुलो हालेर सरकारी जमिन दखल लगायत नदीबाट अवैध रूपमा बालुवा-ढुङ्गा उठाएर लैजाने कार्य चलिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *