12 मार्चदेखि उच्च माध्यमिक परीक्षा शुरू

सिलगढी : वेस्ट बङ्गाल काउन्सिल अफ् हायर सेकेन्डरी एजुकेशन (डब्ल्युबीसीएचएसई)-को आयोजनामा वर्ष 2020-को उच्च माध्यमिक परीक्षा आगामी 12 मार्चदेखि शुरू हुने भएको छ। उक्त परीक्षा आगामी 27 मार्चसम्म चल्नेछ। निर्धारित कार्यक्रम अन्तर्गत परीक्षा दिउँसोको 10:00 बजेदेखि 1:15 सम्म चल्नेछ। शान्तिपूर्ण ढङ्गमा परीक्षा सञ्चालन गर्नको लागि पुलिस प्रशासनको तर्फबाट पनि सटीक व्यवस्था शुरू गरिरहेको छ। आवश्यकमन्द परीक्षार्थीहरूले परीक्षा सम्बन्धित समस्याहरूको समाधान गर्नको लागि एचएस काउन्सिलको उत्तर बङ्गाल क्षेत्रीय कार्यालयको नम्बर 0353-2582097 -मा सम्पर्क गर्न सक्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *