सिलगढी (निसं): प्लास्टिकको बढ़दो प्रयोगलाई रोक्नको लागि आगामी 1 जुलाईदेखि देशभरिमा नै सिंगल युज प्लास्टिकमा प्रतिबन्ध लगाएको छ। यसको साथै केवल एकपल्ट मात्र प्रयोग गरिने प्लास्टिक उत्पादहरूको उत्पादन, निर्यात, वितरण साथै प्रयोग गरिनु निषेध मानिनेछ। विभिन्न राज्यको प्रदूषण नियन्त्रण बोर्डलाई यसको हेरचाह गर्ने दायित्व दिएको छ। पश्चिम बंगालमा 75 माइक्रोन प्लास्टिकमाथि प्रतिबन्ध लगाइएको छ। यसैले प्रतिबन्धित उत्पादहरूको सूचीमा प्लास्टिक क्यारीब्याग, शैम्पुको बोतल, साबुनको प्याकेट, प्लास्टिकको कप, प्लेट, चम्ची, बोतल, ईयरबड आदि सामेल छ। राज्यसे यसबारे दिशा- निर्देश जारी गरेपछि सिलगढी नगर निगम क्षेत्रमा पनि प्लास्टिकको प्रयोगमा रोक लगाइने भएको छ। यसबारे सिलगढीको नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले व्यवसायी समितिहरूसित बैठक गरिसकेको छ। सिलगढीको विभिन्न व्यवसायी समितिका सदस्यहरूले नगर नगममा शहरलाई बचाउनको लागि केवल प्लास्टिक मात्र नभएर थर्मोकोल उत्पादहरूको पनि उपयोग नगर्ने शपथ लिएका छन्।
1 जुलाईदेखि सिंगल युज प्लास्टिक प्रतिबन्धित

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
