2023-24 को बजट पेश, 7 लाख रूपियाँसम्म वर्षेनी आयमा ट्याक्स फ्री

नयाँ दिल्ली: केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले आज बुधवार वित्त वर्ष 2023-24 को बजट पेश गरिन्। वित्त मन्त्रीले आज दिउँसो 11 बजे बजट पेश गरिन्, जसमा तिनले एउटा ठूलो घोषणा गर्दै अबदेखि एक सालमा 7 लाख रुपियाँसम्म आय हुने व्याक्तिहरूले इनकम ट्याक्स दिन पर्ने छैन। यसभन्दा अघिसम्म 5 लाख रूपियाँसम्म आय ट्याक्समा छुट थियो तर यसपल्ट बढ़ाएर 7 लाख रूपियाँ गरिदिएको छ। उक्त घोषणाले विशेष गरेर मिडल क्लासका मानिसहरूले ठूलो राहत पाएका छन्। यसको साथै यदि वर्षेनी आय 3 लाखदेखि 6 लाख रूपियाँ हुनेहरूले  5 प्रतिशत ट्याक्स तिर्नु पर्नेछ। यदि आय 6 देखि 9 लाख रूपियाँ छ भने 10 प्रतिशत ट्याक्स दिनु पर्नेछ। यसैगरी, आय 9 लाखदेखि 12 लाख रूपियाँ हुनेहरूले 15 प्रतिशत अनि 12 देखि 15 लाख रूपियाँ हुनेहरूले 20 प्रतिशत ट्याक्स तिनु पर्नेछ। यदि वर्षेनी आय 15 लाखभन्दा अधिक छ भने 30 प्रतिशतको दरले ट्याक्स सरकारलाई बुझाउऩु पर्ने घोषणा गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *