26 लाख रुपियाँ ठग्ने व्यक्तिलाई सिलगढीबाट पक्राउ गर्यो दमदम पुलिसले

सिलगढी : नोकरी तथा राम्रो मेडिकल कलेजमा भर्ना गरिदिने सपना देखाएर विद्यार्थीहरूबाट लाखौँ रुपियाँ ठग्ने व्यक्तिलाई दमदम पुलिसले सिलगढीबाट पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति लखनऊ निवासी सत्यनारायण ब्यानर्जीको रूपमा चिन्हित गरिएको छ। गत अबेर राति दमदम पुलिसले सिलगढी मेट्रोपोलिटन पुलिसको आशिघर आउटपोस्टको सहयोगमा घोगोमाली इलाकाबाट उक्त व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। प्राप्त जानकारी अनुसार सत्यनारायण ब्यानर्जीले वर्ष 22-मा दमदममा एउटा अफिस खोलेका थिए। तिनले लगभग 4 जना विद्यार्थीलाई  मेडिकल कलेजमा भर्ना गरिदिने बहानामा लगभग 26 लाख रुपियाँ लिएपछि त्यहाँबाट भागेका थिए। यसपछि पीडित विद्यार्थीहरूले घटनाबारे दमदम थानामा अभियोग दर्ता गरेपछि गत एक वर्षदेखि पुलिसले सत्यनारायण ब्यानर्जीको खोजी गरिरहेको थियो। यसैबीच  सत्यनारायण ब्यानर्जीले सिलगढीमा आएर फेरि नोकरी लगाइदिने नाममा कार्यालय खोलेर यसको लागि पेपरमा विज्ञापन पनि छपाएका थिए। यहीँ विज्ञापनको आधारमा दमदम पुलिसले सिलगढी मेट्रोपोलिटन पुलिससित सम्पर्क गरेपछि गत राति सिलगढीबाट आरोपी सत्यनारायणलाई पक्राउ गरेको बताइएको छ। दमदम पुलिसले आज पक्रा परेका आरोपीलाई जलपाईगढी अदालतमा पेश गरेपछि ट्रान्जिड रिमान्डमा लिएर दमदम प्रस्थान गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetkingbetting girişkavbetjojobetjojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetkingbetting girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetgrandpashabet girişesbet girişsonbahisbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorbetgitcasibomcasinomilyoncasibomgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes