3 महिनाको छोरालाई दम्पत्तिले बिक्री गरे 40 हजार रुपियाँमा

जलपाईगढी : जलपाईगढीको 16 नम्बर वार्डको महामायापाडामा एउटा दम्पत्तीविरुद्ध आफ्नै नानीलाई बिक्री गरेको अभियोग उठेको छ। प्राप्त जानकारीअनुसार जलपाईगढीको महामायापाडा निवासी यीशु दास र तिनकी स्वास्नी बाबली दासले आफ्नै 3 महिनाको छोरालाई 40 हजार रुपियाँमा बिक्री गरेको बताइएको छ। केही दिनअघि बाबलीले आफ्नो नानीलाई साथमा लिएर माइता जाने निहुँमा घरबाट निस्केकी थिइन्। गत शुक्रबार तिनीहरू नानी नलिइ घर फर्केपछि स्थानीय मानिसहरूले तिनलाई सानो नानीबारे केरकार गर्दा आफ्नो नानीलाई बिक्री गरेको कुरा स्वीकार गरे। यसपछि स्थानीय मानिसहरूले ती दुई दम्पत्तिलाई पुलिसको हातमा सुम्पिदिए। स्थानीय मानिसहरूले ती दुई दम्पत्तिलाई कठोर सजाय दिनुपर्ने साथै उक्त शिशुलाई उद्धार गर्ने पुलिस समक्ष माग गरे। स्थानीय काउन्सिलर पोलोमी साहाले आर्थिक अवस्था निक्कै खराब भएकोले नानीको उचित पालन पोषण गर्न असमर्थ भएपछि कसैलाई उक्त नानी दिएको हुनसक्ने बताउँदै यसबारे पुलिससँग कुराकानी गर्ने बताइन्। पुलिस सुपर अभिषेक मोदीले शिशु बिक्री गरेको आरोपमा यी दुई दम्पत्तिलाई हिरासतमा लिएर घटनाको जाँच शुरू गरेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahismatbetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibom Built with ❤︎ by appycodes