जलपाईगढी, 22 मार्च (निसं): सिमेन्ट बोकेको ट्रकले एकजना 4 वर्षीय बालकलाई किच्चाउँदा तिनको घटनास्थलमैं मृत्यु भएको छ। घटनापछि शनिबार जलपाईगढीको नयापाडा क्षेत्रमा तनावको माहौल देखियो। मृतक बालकको नाम रवि राउत (4) बताइएको छ।
प्राप्त जानकारी अनुसार आज नयाँपाडा प्राथमिक पाठशालाको अगाडि सिमेन्ट बोकेको ट्रकले एकजना बालकलाई किच्चायो। घटनापछि स्थानीय मानिसहरूले उक्त ट्रकलाई रोकेर राखे। यसैबीच, आक्रोशित भीडले जलपाईगढी-सिलगढी राष्ट्रीय राज मार्गलाई अवरुद्ध गर्दै प्रदर्शन गर्यो । अर्कोतर्फ, घटनाको खबर पाएपछि कोतवाली पुलिस अनि ट्राफिक पुलिस घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा ल्याए। स्थानीय मानिसहरूले आरोप लगाए अनुसार, आज स्थानीय कोल्ड स्टोरेजमा आलु भण्डारण गर्न आलु लोड गरिएका गाडीहरूको भीड थियो। दुर्घटना पनि भीडको कारण भएको हो। स्थानीय नयाँपाडा विद्यालयका शिक्षक अभिजीत दासगुप्ताले भने, विद्यार्थीहरू हरेक दिन विद्यालय आउँछन्। आज एउटा सिमेन्ट लोड गरेको ट्रकले बालकलाई किच्चाएको छ। यो दुखपूर्ण घटना हो।
4 वर्षीय बालकको सिमेन्ट बोकेको ट्रकले किच्चाएर घटना स्थलमैं मृत्यु

Share this story
More from North Bengal
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
Siliguriनक्सलबारीमा ब्राउन सुगर र नगद उद्धार प्रकरण: अझ 2 जना पक्राउ
नक्सलबारी, 6 जून (निसं): नक्सलबारी थाना पुलिसले ब्राउन सुगर र नगद उद्धार गरेको प्रकरणमा दुई जना थप लागूपदार्थ व्यवसायमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत 15 मईमा नक्सलबारीको टुकरिया मोडस्थित एउटा घरमा पुलिसले छापा मार्दा 70 ग्राम ब्राउन सुगर र 2 लाख 65 हजार रूपियाँ नगद उद्धार गरिएको थियो। सोही राती पुलिसले तीन जनालाई पक्राउ गरेको थियो।…
Siliguriफूड सेफ्टी विभागद्वारा सिलगढीका होटल-रेस्टुँरेन्टमा फेरि विशेष अभियान
सिलगढीमा खाद्य सुरक्षा सम्बन्धी नियमहरूको निगरानी गर्न फूड सेफ्टी विभागले आज फेरि विशेष अभियान चलायो। आजको अभियान ईस्टर्न बाइपासको बाणेश्वर मोडदेखि आशीघर मोडसम्म चलाइएको थियो। यस क्रममा भक्तिनगर थाना, आशीघर चौकी, एनफोर्समेन्ट ब्रान्च र दमकल विभागको टोली उपस्थित रहेको थियो। उक्त अभियान अन्तर्गत, विभिन्न होटल, मिठाई पसल, रेस्टुरेन्ट र फास्ट फुड पसलहरूको निरीक्षण गरिएको थियो। निरीक्षणको क्रममा एउटा मिठाई दोकानमा…
नक्सलबारीमा ब्राउन सुगरसहित दुई जना युवक पक्राउ
नक्सलबारी, 5 जून (निसं): नक्सलबारी थाना पुलिसद्वारा 23 ग्राम ब्राउन सुगरसहित दुई जना युवकलाई पक्राउ गरिएको छ। पक्रा पर्नेहरूको नाम शोहान लामजेल र जिग्मी तामाङ रहेको छ। दुवै जना दार्जीलिङ सदर क्षेत्रका वासिन्दा हुन्। जानकारी अनुसार, गत राति उनीहरूले खोरीबारीस्थित पानीट्याङकी क्षेत्रबाट ब्राउन सुगर किनेर मोटरसाइकल मार्फत दार्जीलिङ जाँदै गरेका थिए। गोप्य सूचनाको आधारमा पुलिसले नक्सलबारीको जाबडा मोड क्षेत्रमा अभियान…
