6 नम्बर वार्ड उत्सव “सम्प्रीति” आजदेखि शुरू

सिलगढी : नेताजी सुभाष चन्द्र बोसको जयन्तिमा सिलगढी नगरनिगम अन्तर्गत पर्ने 6 नम्बर वार्ड उत्सव “सम्प्रीति” को आज शुभारम्भ गरियो। यस अवसरमा सिलगढी नगरनिगमका मेयर अशोक भट्टाचार्यले नेताजीको तस्विरमा माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पण गरे। यसपछि एउटा रङ्गारङ्ग शोभायात्राको माध्यमद्वारा वार्ड उत्सव शुरू भयो। शोभायात्रामा सामेल वार्डवासीहरूले हातमा भारतको नक्शा बोकेका थिए, जसमा एनआरसी, नो सीएए र नो एनपीआर लेखिएको थियो। विभिन्न सांस्कृतिक कार्यक्रम एवम् खेलहरूको साथमा आगामी 4 फरवरीसम्म उक्त वार्ड उत्सव चल्ने वार्ड पार्षद अशोक भट्टाचार्यले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *