80 वटा सडक परियोजनाको मेयरले गरे संयुक्त रूपमा शिलान्यास

सिलगढी : आर्थिक सहयोग भनेजसो प्राप्त नभए तापनि सिलगढी सहरको विकासको कार्य नरोकिएको सिलगढी नगरनिगमका मेयर अशोक भट्टाचार्यले आज एउटा कार्यक्रममा बताए। राज्य सरकारद्वारा प्रदान गरिएको 22 करोड रुपियाँको सहयोगमा सिलगढीको मोठ 80 वटा सडकहरूको विकास तथा निर्माण  परियोजनाको तिनले एउटा कार्यक्रमबीच शिलान्यास गरे। सिलगढी नगरनिगमको एउटा कार्यक्रममा मेयर अशोक भट्टाचार्यले आज विभिन्न वार्डहरूमा रहेको 80 वटा सडक परियोजनाको संयुक्त रूपमा शिलान्यास गरे। आफ्नो कार्यकालमा तिनले राज्यको तृणमूल सरकारबाट सहयोग नपाएको आरोप लगाउनको साथै सिलगढी नगरनिगम आर्थिक सहयोगबाट वञ्चित रहेको बताए। तथापि, सरकारबाट भनेजसो सहयोग नपाए तापनि सिलगढीका मानिसहरूको लागि आफूले सक्दो विकास कार्य गर्दैआइरहेको बताए। राज्य सरकारको तर्फबाट प्राप्त केही राशि, नगरनिगमको राशि र राज्य सभा सांसदको केही आर्थिक सहयोगमा हाल तिनले विभिन्न विकासमूलक कार्यहरूको गरिरहेको जानकारी गराए। यसको साथै आगामी केही महिनाभित्रमा यी सबै कार्यहरू पुरा हुने तिनले दावी गरे। यस अवसरमा डेपुटी मेयर रामभजन महतो, मेयर परिषदका कमल अग्रवाल, शङ्कर घोष, मुकुल सेनगुप्त लगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabet Built with ❤︎ by appycodes