84 लाखको सुनसहित तीन बङ्ग्लादेशी पक्राउ

सिलगढी : कस्टम अधिकारीहरूले गोप्य सूचनाको आधारमा सिलगढी जङ्क्शन इलाकामा गत राति अभियान चलाएर दुई किलो सुनसहित तीनजना बङ्ग्लादेशी नागरिकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरियो। पक्रा परेका बङ्ग्लादेशी नागरिकहरू क्रमैले मोहम्मद शरीफुल इस्लाम, मोहम्मद तफाजल र काजी तनीव सामेल छन्। यी बङ्ग्लादेशी नागरिकबाट उद्धार गरेको 18 वटा वैदेशिक सुनको बिस्कुटको आनुमानिक बजार मूल्य लगभग 85 लाख रुपियाँ रहेको बताइएको छ। पक्रा पर्नेहरूले केरकार अवधि बताएअनुसार तिनीहरूले बङ्ग्लादेश चेङ्गड़ाबान्धाबाट भारतमा प्रवेश गरेपछि यहाँबाट यी सुनका बिस्कुटहरू कोलकातामा लगेर बिक्री गर्ने उद्देश्यमा रहेका थिए। तिनीहरूबाट तीनवटा वैध पास्टपोर्ट, बङ्ग्लादेशी केही रुपियाँलगायत तीनवटा मोबाइल फोन कस्टम विभागले उद्धार गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *