आगलागीमा दुईवटा घर जलेर स्वाहा

अलिपुरद्वार : अलिपुरद्वार जिल्लाको बारबिसा इलाकामा आगलागीमा दुईवटा घर जलेर स्वाहा भएको छ। प्राप्त जानकारीअनुसार गत अबेर राति निखिल देवनाथको घरमा आगो लागेपछि उक्त आगोको चपेटमा परेर भाई अखिल देवनाथको घर पनि जलेर स्वाहा भएको बताइएको छ। उक्त आगलागीमा निखिल र अखिलको घर साथै घरमै रहेको दोकान र गोदाम पनि जलेर खरानी भएको छ। घटनाको खबर पाएर दमकलको चारवटा इञ्जिन घटनास्थलमा पुगेर तीन घण्टाको प्रयासपछि आगोलाई पूर्ण नियन्त्रणमा ल्याइयो। उक्त आगलागीमा लाखौँ रुपियाँको क्षय-क्षति भएको बताइएको छ। के कारणले गर्दा उक्त आगलागी भएको यसबारे हालसम्म थाहा नलागेको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.