आजदेखि स्कुलहरू खोलिएपछि विद्यार्थीहरूमा खुसी

सिलगढी : राज्यभरिकै सबै स्कुलहरू आजदेखि खोलियो। यसै क्रममा सिलगढीको विभिन्न स्कुलहरूमा कोरोनाको सबै नियम पालन गर्दै विद्यार्थीहरूलाई स्कुलभित्र प्रवेश गराइयो। आजदेखि स्कुलहरू खोलिएकोमा विद्यार्थीहरू लगायत तिनका अभिभावकहरू पनि निक्कै खुसी देखियो। आगामी 7 फरवरीदेखि सातौँ श्रेणीसम्मका विद्यार्थीहरूको लागि पाडाय शिक्षालय शुरू गरिने भएकोले गर्दा हाल यसको लागि स्कुलको तर्फबाट खुल्ला ठाउँको खोजी गरिरहेको बताइएको छ। स्मरण रहोस्, कोरोनाको बढ्दो संक्रमणले गर्दा लगभग 2 वर्षसम्म सबै स्कुलहरू बन्द रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *