राजगञ्ज : राजवंशी क्षत्रिय समुदायको 111औँ उपनयन दिवसको अवसरमा राजगञ्जमा अन्तर्राष्ट्रिय राजवंशी क्षत्रिय मिलन दिवस र कुलगुरु कुलशिष्य सम्मेलनको आयोजना गरियो। उत्तर बंगाल क्षत्रिय राजवंशी कुलगुरु कुलशिष्य एवम् भक्त समाज सेवा संस्थानको जलपाईगढी जिल्ला कमिटीको सञ्चालनमा आमबारी इलाकाको मेहन्दीगछ करतोया नदीको तटमा उक्त उत्सवको आयोजना गरियो। पुजा अर्चनाको माध्यमद्वार आज कार्यक्रमको उद्घाटन गरियो। यस सम्मेलनमा देशका विभिन्न ठाउँहरू लगायत नेपालको प्रतिष्ठित व्यक्ति सामेल थिए। यसबाहेक आज ठाकुर पञ्चानन वर्माको सालिगको पनि उद्घाटन गरियो। कुलगुरु कुलशिष्य र भक्त समाज सेवा संस्थानको जलपाईगढी जिल्ला कमिटीका अध्यक्ष करुणाकान्त अधिकारीले बताएअनुसार पहिलो चरणमा शिव पुजा, गङ्गा पुजा, शक्ति सन्चारिणी पुजा र राधागोबिन्द पुजा गरियो। दोस्रो चरणमा संगठनको झण्डा उत्तोलन गर्नको साथै ठाकुर पञ्चानन वर्माको तस्विरमा माल्यार्पण गरेर मुख्य कार्यक्रमको शुरुआत गरियो। आज उपनयनको माध्यमद्वारा 2 सयभन्दा अधिक किशोर तथा युवकहरू क्षत्रिय बने। यसपछि राजवंशी समाजमा उपनिषदको आवश्यकता तथा ठाकुर पञ्चाननबारे चर्चा बैठक गरियो। उक्त बैठकमा धेरैजना शीर्ष व्यक्तिहरू उपस्थित थिए। यस अवसरमा जलपाईगढीका सांसद जयन्त राय, पूर्व सांसद विजय चन्द्र बर्मन, मतिगढा-नक्सलबारीका विधायक आनन्दमय बर्मन, जिल्ला परिषदका को-मेन्टर अहिदर रहमान, जलपाईगढी जिल्ला परिषदका सदस्य देवाशीष प्रमाणिक, माझियाली ग्राम पञ्चायत प्रधान खुकुमनी राय, हरदेव अधिकारी लगायत अन्य उपस्थित थिए।
आमबारीमा अन्तर्राष्ट्रिय राजवंशी क्षत्रिय मिलन दिवस एवम् कुलगुरु कुलशिष्य सम्मेलनको आयोजना

Share this story
More from North Bengal
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
Siliguriनक्सलबारीमा ब्राउन सुगर र नगद उद्धार प्रकरण: अझ 2 जना पक्राउ
नक्सलबारी, 6 जून (निसं): नक्सलबारी थाना पुलिसले ब्राउन सुगर र नगद उद्धार गरेको प्रकरणमा दुई जना थप लागूपदार्थ व्यवसायमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत 15 मईमा नक्सलबारीको टुकरिया मोडस्थित एउटा घरमा पुलिसले छापा मार्दा 70 ग्राम ब्राउन सुगर र 2 लाख 65 हजार रूपियाँ नगद उद्धार गरिएको थियो। सोही राती पुलिसले तीन जनालाई पक्राउ गरेको थियो।…
Siliguriफूड सेफ्टी विभागद्वारा सिलगढीका होटल-रेस्टुँरेन्टमा फेरि विशेष अभियान
सिलगढीमा खाद्य सुरक्षा सम्बन्धी नियमहरूको निगरानी गर्न फूड सेफ्टी विभागले आज फेरि विशेष अभियान चलायो। आजको अभियान ईस्टर्न बाइपासको बाणेश्वर मोडदेखि आशीघर मोडसम्म चलाइएको थियो। यस क्रममा भक्तिनगर थाना, आशीघर चौकी, एनफोर्समेन्ट ब्रान्च र दमकल विभागको टोली उपस्थित रहेको थियो। उक्त अभियान अन्तर्गत, विभिन्न होटल, मिठाई पसल, रेस्टुरेन्ट र फास्ट फुड पसलहरूको निरीक्षण गरिएको थियो। निरीक्षणको क्रममा एउटा मिठाई दोकानमा…
नक्सलबारीमा ब्राउन सुगरसहित दुई जना युवक पक्राउ
नक्सलबारी, 5 जून (निसं): नक्सलबारी थाना पुलिसद्वारा 23 ग्राम ब्राउन सुगरसहित दुई जना युवकलाई पक्राउ गरिएको छ। पक्रा पर्नेहरूको नाम शोहान लामजेल र जिग्मी तामाङ रहेको छ। दुवै जना दार्जीलिङ सदर क्षेत्रका वासिन्दा हुन्। जानकारी अनुसार, गत राति उनीहरूले खोरीबारीस्थित पानीट्याङकी क्षेत्रबाट ब्राउन सुगर किनेर मोटरसाइकल मार्फत दार्जीलिङ जाँदै गरेका थिए। गोप्य सूचनाको आधारमा पुलिसले नक्सलबारीको जाबडा मोड क्षेत्रमा अभियान…
