राजगञ्ज (निसं): रम-रक्सीको दोकान बन्द गरिनुपर्ने मागमा आमबारीको चाकियाभिटामा महिलाहरूले फेरि विरोध प्रदर्शन गरे। गत 20 जनवरीको आन्दोलनपछि प्रशासनले समस्याको समाधान गर्ने वाचा गरेअनुसार सरकारी लाइसेन्स प्राप्त रम-रक्सीको दोकान बन्द गरिदिएको थियो। तर आज फेरि ती दोकानहरू खोलेपछि चाकियाभिटा मद विरोधी ग्राम रक्षा कमिटीका महिलाहरूले दोकानअघि विरोध प्रदर्शन गरे। प्राप्त जानकारी अनुसार लगभग 8 महिनाअघि आमबारी चाकियाभिटा इलाकामा एउटा डिपार्टमेन्टल स्टोर खोलिएको थियो। उक्त दोकानमा विदेशी रम-रक्सीको बिक्री शुरू गरियो। गत 20 जनवरीमा महिलाहरूले रम-रक्सीको दोकान बन्द गर्ने मागमा विरोद प्रदर्शन गरेपछि उक्त दोकान बन्द गरिदिएको थियो। आज उक्त दोकान फेरि खोलेपछि महिलाहरूले विरोध प्रदर्शन गरेको हो। यस सम्बन्धमा महिलाहरूले भनिन्, रम-रक्सीको दोकान बन्द गर्ने मागलाई लिएर आफूहरूले धेरैपल्ट प्रदर्शन गर्यौँ। आफूहरूको माग नमानेर आज फेरि रम-रक्सीको दोकान खोलिएको छ। धेरै ठाउँमा रम-रक्सीको दोकान बन्द गरिनुपर्ने मागमा आफूहरूले आवेदन गरेका थियौँ, तर कुनै समाधान भएको छैन। रम-रक्सीको दोकान बन्द गरिदियोस् भन्ने आफूहरूको माग रहेको छ। अर्कोतिर, दोकानका कर्मचारी राजु मण्डलले भने, उक्त दोकान सरकारबाट लाइसेन्स लिएर बनाइएको हो।
आमबारीमा रम-रक्सीको दोकान बन्द गरिनुपर्ने मागमा महिलाहरूद्वारा फेरि विरोध प्रदर्शन

Share this story
More from North Bengal
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
Siliguriनक्सलबारीमा ब्राउन सुगर र नगद उद्धार प्रकरण: अझ 2 जना पक्राउ
नक्सलबारी, 6 जून (निसं): नक्सलबारी थाना पुलिसले ब्राउन सुगर र नगद उद्धार गरेको प्रकरणमा दुई जना थप लागूपदार्थ व्यवसायमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत 15 मईमा नक्सलबारीको टुकरिया मोडस्थित एउटा घरमा पुलिसले छापा मार्दा 70 ग्राम ब्राउन सुगर र 2 लाख 65 हजार रूपियाँ नगद उद्धार गरिएको थियो। सोही राती पुलिसले तीन जनालाई पक्राउ गरेको थियो।…
Siliguriफूड सेफ्टी विभागद्वारा सिलगढीका होटल-रेस्टुँरेन्टमा फेरि विशेष अभियान
सिलगढीमा खाद्य सुरक्षा सम्बन्धी नियमहरूको निगरानी गर्न फूड सेफ्टी विभागले आज फेरि विशेष अभियान चलायो। आजको अभियान ईस्टर्न बाइपासको बाणेश्वर मोडदेखि आशीघर मोडसम्म चलाइएको थियो। यस क्रममा भक्तिनगर थाना, आशीघर चौकी, एनफोर्समेन्ट ब्रान्च र दमकल विभागको टोली उपस्थित रहेको थियो। उक्त अभियान अन्तर्गत, विभिन्न होटल, मिठाई पसल, रेस्टुरेन्ट र फास्ट फुड पसलहरूको निरीक्षण गरिएको थियो। निरीक्षणको क्रममा एउटा मिठाई दोकानमा…
नक्सलबारीमा ब्राउन सुगरसहित दुई जना युवक पक्राउ
नक्सलबारी, 5 जून (निसं): नक्सलबारी थाना पुलिसद्वारा 23 ग्राम ब्राउन सुगरसहित दुई जना युवकलाई पक्राउ गरिएको छ। पक्रा पर्नेहरूको नाम शोहान लामजेल र जिग्मी तामाङ रहेको छ। दुवै जना दार्जीलिङ सदर क्षेत्रका वासिन्दा हुन्। जानकारी अनुसार, गत राति उनीहरूले खोरीबारीस्थित पानीट्याङकी क्षेत्रबाट ब्राउन सुगर किनेर मोटरसाइकल मार्फत दार्जीलिङ जाँदै गरेका थिए। गोप्य सूचनाको आधारमा पुलिसले नक्सलबारीको जाबडा मोड क्षेत्रमा अभियान…
