अरण्य सप्ताहको अवसरमा विधायक शिखा च्याटर्जीद्वारा वृक्षरोपण  

राजगञ्ज (निसं)अरण्य सप्ताहको अवसरमा डाबग्राम-फुलबारीका विधायक शिखा च्याटर्जीले वृक्ष रोपण कार्यक्रममा आज अंशग्रहण गरिन्। फुलबारीको 2 नम्बर  ग्राम पञ्चायत अन्तर्गत पश्चिम धनतला स्थित महानन्दा ब्याराज प्राथमिक विद्यालय परिसरमा आज बुधबार विधायक च्याटर्जीले कर्मी समर्थकहरूसित मिलेर रूखका विरूवाहरू रोपे। यसबारे शिखा च्याटर्जीले भनिन्, हाल अरण्य सप्ताहको कार्यक्रम चलिरहेको छ। यसै कार्यक्रम अन्तर्गत आज रूखका विरूवाहरू रोपिने कार्य गरियो। मानिसहरूले लगातार रूख-पात काट्नाले गर्दा साथै जंगलहरूको कमी हुँदा हाल मौसम परिवर्तन भइरहेको छ। यसले गर्दा साधरण मानिसहरूले धेरै असुविधाको सामना गर्न परिरहेका छन्। यस कारणले गर्दा पनि अब मानिसहरूले ज्यादा भन्दा ज्यादा रूखका विरूवाहरू लगाउन अति आवश्यक रहेको तिनले बताइन्।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *