आरोपीलाई फाँसीको सजाय दिनुपर्ने मृतक कुणालको परिवार पक्षको माग

सिलगढी : कुणालको हत्याको आरोपीलाई कठोर सजाय दिइनुपर्ने तिनको परिवार पक्षले माग गरेको छ। परिवार पक्षले लगाएको आरोप अनुसार विश्वजीत शीलले कुणालसित जोर जबरजस्ती सम्बन्ध बनाएको थियो। विश्वजीतले कुणाललाई अन्य केटासित कुराकानी गर्न समेत दिँदैन थियो। शारीरिक अत्याचार पनि गर्ने गर्थ्यो। छोराको हत्यारालाई फाँसीको सजाय दिइनुपर्ने कुणालको आमा-बाबुले माग गरेका छन्। स्मरण रहोस्, केही दिन अघि बाघडुग्राको फयरानी जोतमा कुणाल सिंहको शव उद्धार भएको थियो। बाघडुग्रा पुलिसले कुणालको हत्याको आरोपमा विश्वजीत शील र मोहम्मद माफिजलाई पक्राउ गरेको थियो। यसपछि पुलिसले विश्वजीतसित सोधखोज गर्दा भने, कुणाल तिनको दोकानमा काम गर्दथे। कुणाल र विश्वजीतमाझ समलैंगिक सम्बन्ध रहेको थियो भने विश्वजीतले कुणालको अन्यसित अफेयर रहेको सन्देहमा मोहम्मदको सहयोगमा तिनको घाटी निमोटेर हत्या गरिदिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *