बालुरघाट : नयाँ वर्षको उपहार स्वरूप अब दक्षिण दिनाजपुरका मानिसहरूलाई हावड़ा-बालुरघाट एक्सप्रेस ट्रेन हप्तामा पाँच दिन चल्ने भएको छ। दक्षिण दिनाजपुर जिल्लाको बालुरघाटबाट बालुरघाट-हावड़ा एक्सप्रेस ट्रेन चल्ने गर्दछ। बालुरघाट-हावड़ा एक्सप्रेस ट्रेन हप्तामा दुई दिन मात्र चल्ने गर्थ्यो तर अब मानिसहरूको मागलाई ध्यानमा राखेर रेलवे विभागले उक्त ट्रेन हप्तामा पाँच दिन चल्ने निर्णय लिएको छ। यसै महिनादेखि उक्त परिसेवा शुरू गरिदिने बताइएको छ।