एडभोकेसी जर्नलिज्ममाथि दुईदिने कार्यशाला

दार्जिलिङ (निसं): युनिसेफ पश्चिम बंगाल र कोलकोता प्रेस क्लबको आयोजनमा हिज बिहिबारदेखि दार्जिलिङमा दुई दिवसीय एडभोकेसी जर्नलिज्ममाथि कार्यशाला शुरु भएको छ। उक्त कार्यशालाको उदघाटन कार्यक्रमलाई प्रोजेक्ट डाइरेक्टर डा. उमा शकंर पाण्डेले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण कोलकोता प्रेस क्लबको सभापति स्नेहाशिष सुरले राखेका थिए। उक्त कार्यशालाको पहिलो दिन डा. मृणाल च्याटर्जीले जर्नलिज्मको विकास र एडभोकेसी जर्नलिज्ममाथि कार्यशाला गराएका थिए। त्यसरी नै हिमालय दर्पणको प्रमुख सम्पादक शिबु छेत्री, कोलकोताका वरिष्ठ पत्रकार अमल सरकार, युनिसेफ पश्चिम बंगालको कम्युनिकेशन डाइरेक्टर सुचोरिता वर्धन, कोलकोता प्रेस क्लबको सभापति स्नेहाशिष सुर र डा. उमा शकंर पाण्डेले एडभोकेसी जर्नलिज्म र जर्नलिज्म विकासमाथि कार्यशाला प्रस्तुत गरे। यस कार्यशालामा दार्जिलिङ, कालेबुङ, खरसाङ, बिजनबारी, सोनादा आदि क्षेत्रका पत्रकारहरू उपस्थित थिए। कार्यक्रममा परिचय आदान प्रदान र पत्रकारितामा विभिन्न समस्याहरू विषयमा पनि चर्चा-परिचर्चा गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *