अफगानिस्तानबाट सकुशल फर्के सिलगढी निवासी अमित थापा

सिलगढी : सिलगढी निवासी अमित थापा आज अफगानिस्तानबाट सकुशल आफ्नो घर फर्किआएका छन्। तिनी गत 9 वर्षदेखि अफगानिस्तानको काबुलमा सुरक्षा गार्डको रूपमा काम गर्दै आइरहेका थिए। तिनले बताएअनुसार हाल अफगानिस्तानको परिस्थिति राम्रो छैन। तिनी ब्रिटिश सेनाको सहयोगमा दुबईबाट लन्दन हुँदै दिल्ली आइपुगेपछि त्यहाँबाट आज सिलगढी आइपुगे। ब्रिटिश सेनाको क्याम्पमा आफू सुरक्षित थिए, आफू अफगानिस्तानमा धेरै समय अघिदेखि काम गरिरहेकोले परिस्थिति सामान्य बने फेरि अफगानिस्तान जाने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *