एघारौँ सहिद गोल्ड कप:  युनाईटेड ब्रदर कालेबुङ फाइनलमा प्रवेश

खरसाङ (निसं): खरसाङमा भइरहेको एघारौँ सहिद गोल्ड कपको फाइनलमा युनाईटेड ब्रदर कालेबुङ बनाम केएफसीमाझ उपाधिको लागि भीडन्त हुने भएको छ। आज भएको दोस्रो सेमिफाइनल खेलमा युनाईटेड ब्रदर कालेबुङले ब्राइट स्पोर्टिङ क्लब सिलगढीलाई 4-0 ले पराजित गरेर सजिलै फाइनलमा प्रवेश गरेको छ। यस खेलमा कालेबुङको पक्षमा पहिलो हाफको बीसौँ मिनटमा जर्सी नम्बर 17 सौरभ तामाङले गोल गरेर बढत बनाएका थिए। त्यसरी नै जर्सी नम्बर 10 देवाशिष राईले पनि गोल गरेर 2-0 बढत दिलाए। यसैगरी कालेबुङकै पक्षमा जर्सी नम्बर 5 सोनाम चाङ शेर्पाले 2 गोल गरेर युनाईटेड ब्रदर कालेबुङको 4-0 को बढत बनाउँदै जीत सुनिश्चित गरेका थिए।


यस खेलमा युनाईटेड ब्रदर कालेबुङको पक्षमा दुई गोल गर्ने जर्सी नम्बर 5 सोनाम चाङ शेर्पालाई म्यान अफ् द म्याच चयन गरियो। अब एघारौँ सहिद गोल्ड कपको फाइनलमा उपाधिको लागि युनाईटेड ब्रदर कालेबुङको सामना केएफसीसित हुने भएको छ। केएफसीले आइतबार भएको पहिलो सेमिफाइनल खेल जितेर पहिलेबाटै फाइनलमा प्रवेश गरिसकेको थियो। यस सहिद गोल्ड कपको फाइनल खेल आगामी 31 जनवरीको दिन हुने भएको छ। आजको दोस्रो सेमिफाइनल खेल विषयमा खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको सह सचिव दिव्यत्तम अधिकारीले विस्तृत रूपमा बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *