अखिल भारतीय विद्यार्थी परिषदले निकाल्यो सिलगढीमा हुँकार र्‍याली

सिलगढी : पाँच सुत्रीय मागलाई लिएर अखिल भारतीय विद्यार्थी परिषदले आज सिलगढीमा हुँकार र्‍याली निकाल्यो। उक्त र्‍याली सिलगढीको महात्मा गाँधी मोड़बाट शुरू भएर यहाँको विभिन्न पथहरूको परिक्रमा गरेपछि बाघाजतीन पार्कमा पुगेर समापन गरियो। संगठनको तर्फबाट आज बाघाजतीन पार्कमा एक समावेश पनि गर्ने भएको छ। बेरोजगारी, नारी सुरक्षा, लोकतन्त्रको रक्षा लगायत अन्य विविध मागहरूलाई लिएर आज अखिल भारतीय छात्र परिषदले सिलगढीमा हुँकार र्‍याली निकालेको हो। उक्त र्‍यालीमा अखिल भारतीय विद्यार्थी परिषदका राष्ट्रिय सचिव निधि त्रिपाठी, राष्ट्रिय सचिव सप्तर्षि सरकार लगायत अन्य सदस्यहरू उपस्थित थिए। यसबाहेक उक्त र्‍यालीमा उत्तर बंगालभरिका लगभग हजारौँ सदस्यहरू सामेल थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *