अम्बिकानगर बजारमा आगो लाग्दा 12 वटा दोकान जलेर भष्म

सिलगढी : एनजेपी संलग्न अम्बिकानगर बजारमा आगलागी हुँदा 12 वटा दोकान जलेर खरानी भएको छ। प्राप्त जानकारी अनुसार गत राति अम्बिकानगरको माछा बजारमा आगो लाग्दा त्यहाँ रहेको एउटा मोबाइल दोकान लगायत मोठ 12 वटा दोकान जलेर भष्म भएको बताइएको छ। घटनाको खबर पाएर एनजेपी थाना पुलिस तथा दमकलको 3 वटा इञ्जिन घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई नियन्त्रणमा ल्याइयो। उक्त आगलागीमा लाखौँ रुपियाँको क्षयक्षति भएको दोकान मालिकहरूले बताएका छन्। के कारणले गर्दा उक्त आगलागी भएको हो भन्नेबारे पुलिसले छानबीन शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *