अनियमितताको आरोपमा कुचबिहार पञ्चानन बर्मा विश्वविद्यालयका रजिस्टार सस्पेन्ड

कुचबिहार (निसं): कुचबिहार पञ्चानन बर्मा विश्वविद्यालयको रजिस्ट्रार माथि विभिन्न आरोप लगाउँदै उप-कुलपतिले तिनलाई सस्पेन्ड गरिदिएको छ। उक्त घटनालाई लिएर माहौल धेरै गर्मिएको छ। प्राप्त जानकारी अनुसार, गत 24 अप्रलको दिन विश्वविद्यालयको रजिस्टार अब्दुल कादिर सफेलीलाई उप-कुलपति निखिलेश चन्द्र रायले विश्वविद्यालयको विभिन्न मामिलामा अनियमितताका आरोप लगाएर सोकज नोटिश दिएका थिए। तिनलाई सात दिनको अवधिमा उक्त शो-कजको जवाब लिखित रूपमा मागेका थिए। विश्वविद्यालय सूत्रले दिएको जानकारी अनुसार शो-कजको जवाब आशा अनुसार नरहेको कारणले गर्दा तिनलाई आज निलम्बित गरिदिएको हो। तथापि, यस मामिलाबारे आधिकारिक रूपमा कुनै पनि प्रतिक्रिया दिन मानेनन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO