अनियन्त्रित भएर दोकानभित्र पस्दा मानिसहरू घाइते

सिलगढी : सिलगढीको चम्पासरी मोड़ संलग्न इलाकामा गत राति वनभोज खेलेर फर्किरहेको समय यात्री सवार एउटा ट्रक अनियन्त्रित भएर दोकानभित्र पस्दा धेरैजना मानिसहरू घाइते भएका छन्। प्राप्त जानकारीअनुसार उक्त ट्रक देवीडाङ्गा इलाकाबाट वनभोज खेलेर चम्पासरी मोड़तर्फ आइरहेको समय अनियन्त्रित भएर दोकानभित्र पसेको बताइएको छ। घटनामा दोकान पूर्ण रूपमा क्षतिग्रस्त हुनको साथै धेरैजना घाइते भएका छन्। ट्रक चालकले मदपान गरेको कारण नै उक्त दुर्घटना भएको स्थानीय मानिसहरूको आरोप रहेको छ। घटनाको खबर पाएर प्रधाननगर थाना पुलिस घटनास्थलमा पुगेर चालकलाई पक्राउ गर्नको साथै ट्रकलाई पनि नियन्त्रणमा लिएर थाना लगेको बताइएको छ। घटनाको छानबीन शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *