अनियन्त्रित भएर सडक किनारमा पल्टियो ढुङ्गा बोकेको डम्पर

राजगञ्ज : ढुङ्गा बोकेको एउटा डम्पर अनियन्त्रित भएर सडक किनारमा पल्टियो। उक्त घटना आमबारी गजलडोबा सडकको गेटबजार संलग्न इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार ढुङ्गा बोकेको एउटा डम्पर गजलडोबाबाट साहुडाङ्गीतर्फ गइरहेको समय द्रूत गतिमा आइरहेको एउटा पिकअप भ्यानलाई बचाउने क्रममा अनियन्त्रित भएर सडक किनारमा पल्टियो। उक्त घटनामा कसैको ज्यानलाई कुनै क्षति पुर्‍याएको छैन। घटनाको खबर पाएर मिलनपल्ली आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर वाहन आफ्नो नियन्त्रणमा लिएर घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *