अनियन्त्रित भएर वाहन खस्यो टिस्टा नदीमा

टिस्टा : राष्ट्रिय राजमार्ग 10 अन्तर्गत पर्ने टिस्टा नजिक लिखेभीरबाट आज बिहान एउटा वाहन अनियन्त्रित भएर सोझै टिस्टा नदीमा खसेको घटना प्रकाशमा आएको छ। उक्त वाहनको मालिक को हुन् अनि यसमा कतिजना यात्रुहरू सवार थिए भन्नेबारे हालसम्म पत्तो लागेको छैन।


तथापि, उक्त दुर्घटनापछि टिस्टा नदीमा एकजना व्यक्तिको शव तैरिरहेको अवस्थामा देखापरेको प्रत्यक्षदर्शीहरूको भनाइ रहेको छ। उक्त घटनाको खबर पाएर पुलिस दल साथै उद्धारकर्मीहरू घटनास्थलमा पुग्नको साथै निखोज व्यक्तिहरू उद्धार गरिने कार्य भइरहेको पुलिस सूत्रले जनाएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *