अशोक भट्टाचार्यले गरे सिलगढीको 6 नम्बर वार्डमा चुनाउ प्रचार

सिलगढी : सिलगढी विधानसभा आसनका संयुक्त मोर्चाको वाम प्रार्थी  अशोक भट्टाचार्यले आज नगरनिगमको 6 नम्बर वार्डमा चुनाउ प्रचार गरे। तिनी आज पार्टीका कार्यकर्ता तथा समर्थकहरूको साथमा सिलगढी नगरनिमको 6 नम्बर वार्डको आलुपट्टी लगायत विभिन्न इलाकाहरूमा चुनाउ प्रचार गरे। उक्त वार्डका मानिसहरूले तिनलाई फुलमाला लगाइदिएर स्वागत जनाए। चुनाउ प्रचार अवधि सिलगढी सहरका मानिसहरूबाट राम्रो प्रतिक्रिया पाइरहेकोले गर्दा चुनाउमा विपुल मतले विजय हुने तिनले बताए।


यसबाहेक अशोक भट्टाचार्य लगायत डाबग्राम-फुलबारी विधानसभाका संयुक्त मोर्चाको वाम प्रार्थी दिलीप सिंहले आज सिलगढी म्युनिसिपल एमप्लोइज एन्ड वर्कर्स युनियनको सभामा अंश ग्रहण गरे। सभालाई सम्बोधन गर्दै द्वयले आफ्नो समर्थनमा मतदान गर्ने सबैसित अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.