अशोक भट्टाचार्य र शङ्कर मालाकारद्वारा सिलगढीमा चुनाउ प्रचार शुरू

सिलगढी : वामफ्रन्टका शीर्ष नेता तथा प्रार्थी अशोक भट्टाचार्य र कङ्ग्रेस नेता शङ्कर मालाकारले आज एकैसाथ सिलगढीमा विधानसभा चुनाउको प्रचार कार्य आरम्भ गरे। वाम प्रार्थी अशोक भट्टाचार्यले आज बिहान आफ्नो पार्टीको गठबन्धन दल कङ्ग्रेसका नेतालाई साथमा लिएर चुनाउ प्रचार गर्न निस्किए। सिलगढी नगरनिगमको 1 नम्बर वार्डको विभिन्न इलाकामा तिनीहरूले आज बिहानैदेखि चुनाउ प्रचार शुरू गरे। यस अवधि चुनाउ प्रार्थी अशोक भट्टाचार्यले भने, वाम-कङ्ग्रेस गठनबन्धन पार्टीले चुनाउ प्रचारको लागि विभिन्न कार्यसूची ग्रहण गरेको छ। आज सिलगढी नगरनिगमको 1 नम्बर वार्डको विभिन्न इलाकाहरूमा घुमेर त्यहाँका मानिसहरूसित कुराकानी गर्नको साथै तिनीहरूको विविध समस्याहरूबारे जानकारी लिए। यस अवसरमा शङ्कर मालाकार र अशोक भट्टाचार्य दुवैले स्थानीय मानिसहरूलाई सम्बोधन गर्दै भाजपामाथि मानिसहरूको कुनै भरोसा नरहेको, तृणमूलले मानिसहरूको इच्छा आकाङ्क्षा पुरा नगरेपछि पार्टीप्रति निराश रहेकोले गर्दा नै यसको एकमात्र विकल्प वाम-कङ्ग्रेस गठबन्धन सरकार रहेको द्वयले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *