सिलगढी : वामफ्रन्टका शीर्ष नेता तथा प्रार्थी अशोक भट्टाचार्य र कङ्ग्रेस नेता शङ्कर मालाकारले आज एकैसाथ सिलगढीमा विधानसभा चुनाउको प्रचार कार्य आरम्भ गरे। वाम प्रार्थी अशोक भट्टाचार्यले आज बिहान आफ्नो पार्टीको गठबन्धन दल कङ्ग्रेसका नेतालाई साथमा लिएर चुनाउ प्रचार गर्न निस्किए। सिलगढी नगरनिगमको 1 नम्बर वार्डको विभिन्न इलाकामा तिनीहरूले आज बिहानैदेखि चुनाउ प्रचार शुरू गरे। यस अवधि चुनाउ प्रार्थी अशोक भट्टाचार्यले भने, वाम-कङ्ग्रेस गठनबन्धन पार्टीले चुनाउ प्रचारको लागि विभिन्न कार्यसूची ग्रहण गरेको छ। आज सिलगढी नगरनिगमको 1 नम्बर वार्डको विभिन्न इलाकाहरूमा घुमेर त्यहाँका मानिसहरूसित कुराकानी गर्नको साथै तिनीहरूको विविध समस्याहरूबारे जानकारी लिए। यस अवसरमा शङ्कर मालाकार र अशोक भट्टाचार्य दुवैले स्थानीय मानिसहरूलाई सम्बोधन गर्दै भाजपामाथि मानिसहरूको कुनै भरोसा नरहेको, तृणमूलले मानिसहरूको इच्छा आकाङ्क्षा पुरा नगरेपछि पार्टीप्रति निराश रहेकोले गर्दा नै यसको एकमात्र विकल्प वाम-कङ्ग्रेस गठबन्धन सरकार रहेको द्वयले बताए।
अशोक भट्टाचार्य र शङ्कर मालाकारद्वारा सिलगढीमा चुनाउ प्रचार शुरू

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
