अत्याधिक वर्षाले जलपाईगढीमा बाढको स्थिति, बचाऊ कार्य शुरू

जलपाईगढी : हिजो रातिदेखि लगातार परेको वर्षाको कारण जलपाईगढी सहरमा बाढको स्थिति उत्पन्न भएको छ। अत्याधिक वर्षाको कारणले यहाँको विभिन्न इलाकाहरू जलमग्न बन्न पुगेपछि जनजीवन अस्त-व्यस्त बनेको छ। विशेष गरेर जलपाईगढीको 25 नम्बर वार्ड पूर्ण रूपमा जलमग्न भएको छ भने यहाँ बसोबासो गर्दै आरहेका लगभग 500 घर पानीमा डुबेको छ। उक्त घटनापछि तिनीहरूलाई प्रशासनद्वारा बचाउने कार्य शुरू गर्नको साथै मानिसहरूलाई सुरक्षित उच्च ठाउँहरूमा पुर्‍याइरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *