अवैध रम-रक्सी सहित एकजना पक्राउ

राजगञ्ज : आमबारी आउटपोस्ट पुलिसले अवैध देशी-विदेशी रम-रक्सीसहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति 55 वर्षीय सन्जित मण्डलको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार आमबारी बजार इलाकाको महामायापाडा निवासी सन्जित मण्डलले केही दिन अघिदेखि घरमै अवैध रूपमा रम-रक्सी बिक्री गर्ने गर्दथे। गोप्य सूत्रको आधारमा पुलिसले गत राति अभियान चलाएर अवैध रम-रक्सी सहित सन्जित मण्डललाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *