अवैध रम-रक्सीसहित एकजना पक्राउ

सिलगढी : एनजेपी थाना पुलिसले हिजो अवैध रम-रक्सीसहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो।  पक्रा परेका व्यक्ति राजु तामाङको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार एनजेपी थाना पुलिसले हिजो एनजेपी स्टेसन संलग्न इलाकामा अभियान चलाएर देशी-विदेशी अवैध रम-रक्सीसहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार न्यु जलपाईगढी संलग्न इलाकामा धेरै दिनअघिदेखि अवैध रम-रक्सी बिक्री गर्ने गरेको जानकारी पाएपछि हिजो उक्त इलाकामा अभियान चलाएर धेरै मात्रामा रम-रक्सीसहित एकजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। विधानसभा चुनाउ अघि यस प्रकारको अभियान लगातार चलाइरहने पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *