अवैध रम-रक्सीसहित एकजना पक्राउ

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसको न्यु जलपाईगढी थाना पुलिसले अभियान चलाएर अवैध रम-रक्सीसहित प्रकाश ठाकुर नामक व्यक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार न्यु जलपाईगढी पुलिसले आइतबार अबेर राति साउथ कोलनी इलाकामा अभियान चलाएर धेरै मात्रामा अवैध रम-रक्सीसहित एकजना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। पक्रा परेका व्यक्तिलाई आज जलपाईगढी अदालतमा पेश गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *