बाघडुग्रा विमानअड्डाबाट स्याटेलाइट फोनसहित मार्किन नागरिक पक्राउ

सिलगढी : सिलगढीमा स्याटेलाइट फोनसहित एकजना मार्किन नागरिकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति थोमस एस्रोहको रूपमा चिन्हित गरिएको छ। दिल्ली जान अघि बाघडुग्रा हवाईअड्डाबाट स्याटेलाइट फोन सहित उक्त व्यक्तिलाई पक्राउ गरेको हो।  प्राप्त जानकारी अनुसार उक्त व्यक्ति हिजो सिक्किम हुँदै दिल्ली जाने उद्देश्यले बाघडुग्रा विमानअड्डामा आइपुगेका थिए। बाघडुग्रा विमानअड्डामा चेकिङ अवधि सीआईएसएफ-ले तिनको ब्यागबाट स्याटेलाइट फोन उद्धार गरेपछि उक्त व्यक्तिलाई पक्राउ गरेर बाघडुग्रा पुलिसलाई सुम्पिदिएको थियो। स्मरण रहोस्, गत 12 जनवरीमा मार्किन नागरिक थोमस एस्रोह भारत आएका थिए। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *