बाघडुग्राको चियाकमानमा हात्तीको आतङ्क

बाघडुग्रा : बाघडुग्रा संलग्न एउटा चियाकमानमा सोमबार साँझ हात्ती देखा परेपछि इलाकामा आतङ्क मच्चिएको छ। प्राप्त जानकारीअनुसार आज साँझको समय स्थानीय मानिसहरूले चियाकमानमा एउटा हत्ती देखेपछि पटेका पड्काउनको साथै अगुल्ठो देखाएर यसलाई जङ्गलतिर लेखेट्ने प्रयास गरे। तथापि, उक्त हात्ती खेद्ने प्रयास सफल नभएपछि अन्तमा गाउँलेहरूले वन विभागलाई यसबारे खबर दिएपछि वनकर्मीहरू घटनास्थलमा पुगेर उक्त हात्तीलाई जङगलतर्फ लखेटे। यसरी यस क्षेत्रमा बारम्बार हात्तीहरू आउने गरेकोले गर्दा स्थानीय मानिसहरू आतङ्कित बन्न पुगेका छन्।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *