बाघडुग्रामा झुण्डिरहेको अवस्थामा शव उद्धार

बाघडुग्रा: बाघडुग्रास्थित फरेस्ट पुल नजिक एकजना अज्ञात व्यक्तिको शव घाँटीमा पासो लगाएर झुण्डिरहेको अवस्थामा फेला परेको छ। प्राप्त जानकारी अनुसार, आज बिहान स्थानीय मानिसहरूले घाँटीमा पासो लगाएर झुण्डिरहेको एकजना व्यक्तिको शव देखेपछि यसबारे पुलिसलाई जानकारी दिए। घटनाको जानकारी पाएर बाघडुग्रा पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गर्नको साथै पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा पठाइ दिएको छ। पुलिसले उक्त व्यक्तिको शवलाई चिन्हित गर्ने प्रयास गरिरहेको साथै घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *