बाग्राकोटको भाइरल इस्नेक पुलमा फोटो र भिडियो खिच्न प्रशासनले लगायो प्रतिबन्ध

बाग्राकोट, 14 जनवरी (निसं): जिल्ला प्रशासनले डुवर्सको बाग्राकोटमा नव निर्मित भाइरल लूप, पुलमा फोटो अनि भिडियो खिच्नमा रोक लगाएको छ। कालेबुङको जिल्ला शासकले लूप ब्रिजको सम्बन्धमा सोमबार एउटा आदेश जारी गरेको छ। उक्त निर्देश अनुसार, यस पुलदेखि 500 मिटर अघि र 500 मिटर पछाडी कुनै पनि वाहनलाई सडकमा रोक्ने अनुमति छैन। यति मात्र होइन, वाहनहरू रोकेर फोटो खिच्न अथवा सेल्फी पनि लिन सकिँदैन। विज्ञप्तिमा स्पष्ट उल्लेख गरिए अनुसार, प्रशासनले यात्री सुरक्षालाई ध्यानमा राखेर केही प्रतिबन्ध लगाएका छन्। नेशनल हाईवे इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडले निर्माणाधीन लूप पुलको बाँकी काम सुचारु रुपमा चलाउन र दुर्घटनाबाट बाँच्नका लागि कालेबुङ जिल्ला प्रशासनसँग अपिल गरेको थियो। त्यस आधारमा केही निर्णयहरू लिइएको बताइएको छ। यस पुलले सञ्चालनमा नआउँदा नै मानिसहरूको ध्यान आकर्षित गरिरहेको छ। पछिल्लो केही दिनमा मानिसहरूको त्यहाँ पुग्ने गति अकल्पनीय थियो। विशेष गरेर पुलमा सेल्फी लिने अथवा रील बनाउनको लागि होड चलेको थियो। यसले प्रशासनको ध्यान आकर्षित गरेको छ। त्यहाँ केही दिन पहिला दुर्घटना पनि भएको थियो। अन्ततः जिल्ला प्रशासनले पुल बारेमा सोमबार नयाँ आदेश जारी गरिदियो। विज्ञप्तिमार्फत जनाइए अनुसार यो पुल अब पुलिसको हेरचाहमा रहनेछ। पुलदेखि 500 मिटर अघि र पछाडीको क्षेत्रमा नियमहरूको पालन गर्नु पर्नेछ। यस पुल भएर आउजाउ गर्नमा कुनै आपत्ति नरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibom 726Onwincasibom girişJOJO BETgrandpashabetbahsegel girişcasino sitelericasibomcasibom girişcasibom giriscasibomonwingrandpashabet girişholiganbetjojobet giriş