वाम-कङ्ग्रेस प्रार्थी अशोक भट्टाचार्यले खेलाडीहरूसित गरे चुनाउ चर्चा

सिलगढी : सिलगढी आसनका वाम-कङ्ग्रेस प्रार्थी अशोक भट्टाचार्य आज बिहान चुनाउ प्रचार प्रसार अवधि कञ्चनजङ्घा स्टेडियम पुगेर त्यहाँ फुटबल खेलिरहेका खेलाडीहरूसित भेट गर्नको साथै तिनीहरूसित कुराकानी पनि गरे। यसको साथै तिनले केही क्षण मैदानमा खेलाडीहरूसित फुटबल पनि खेले। यसपछि पत्रकारहरूसित कुराकानी गर्दै तिनले भने, आत्म सन्तुष्टिको लागि मात्र नभएर प्रोफेसनल खेलाड़ीहरू झैँ आत्मविश्वास लिएर विधानसभामा खडा भएको छु, अवश्य सफलता प्राप्त हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *