वामफ्रन्ट नेता रामभजन महतो र कमल अग्रवाल तृणमूलमा सामेल

सिलगढी : पूर्व डेपुटी मेयर तथा वामफ्रन्ट नेता रामभजन महतो र कमल अग्रवाल आफ्नो पार्टी छोडेर तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। आज तृणमूल जिल्ला कार्यालयमा एउटा कार्यक्रमबीच गौतम देवको उपस्थितिमा तिनीहरूले तृणमूलको झण्डा समाए। यस सम्बन्धमा रामभजन महतोले बताएअनुसार तृणमूल नेत्री ममता ब्यानर्जीको विकासमूलक कार्यले अनुप्रेरित भएर आफू वामफ्रन्ट छोडेर तृणमूल कङ्ग्रेसमा सामेल भएको हो। अर्कोतिर, कमल अग्रवालले साधारण मानिसहरूको हितमा कार्य गर्ने इच्छा रहेको साथै सिलगढी सहरमा विविध विकासमूलक कार्य गर्ने आफ्नो परिकल्पना रहेकोले गर्दा नै तृणमूल कङ्ग्रेसमा सामेल भएको तिनले बताए। तिनले अझ भने, स्थानीय मानिसहरूले यहाँको चौतर्फी विकास चाहेकोले विपक्षीमा बसेर सो कार्य गर्न सम्भव नरहेपछि आफू सत्तारूढ तृणमूल कङ्ग्रेसमा सामेल भएको हुँ। यसको साथै तृणमूल नेत्री ममता ब्यानर्जीको विकासमूलक कार्यहरूले गर्दा आफूलाई तृणमूल पार्टीप्रति आकर्षित पारेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *