बंगरत्न भारती घोषलाई सिलगढीमा सम्मान

सिलगढी : सिलगढी खुद्रा व्यवसायी समितिको तर्फबाट आज बंगरत्नले सम्मानित भारती घोषलाई सम्मान जनाइयो। यस अवसरमा समितिको तर्फबाट तिनलाई फूलको गुच्छा, शल र मिठाई दिएर सम्मान गरियो। भारती घोषले राज्य सरकारको बाहुलीबाट यसरी आफूलाई सम्मानित गरिनेछ भनेर कहिले नसोचेकी बताइन्। ढिलै भए तापनि बंगरत्नद्वारा सम्मानित भएकोमा खुशी प्रकट गर्दै तिनले भविष्यमा सबैको सहयोगमा समाजमूलक कार्यहरू गर्दै जाने बताइन्। स्मरण रहोस्, सिलगढी टेबल टेनिसको निम्ति देश-विदेशमा चर्चित रहेको छ भने यसको श्रेय भारती घोषलाई जाँदछ। बंगरत्नद्वारा सम्मानित भएर तिनले सम्पूर्ण सिलगढीवासीलाई गौरवान्वित तुल्याएकी छन्। उक्त सम्मान कार्यक्रममा समितिका अध्यक्ष परिमल मित्र, सचिव विप्लव राय मुहुरीलगायत अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *