बङ्ग्ला सिनेमा जगतका चर्चित अभिनेता सौमित्र च्याटर्जीको निधन

बङ्ग्ला सिनेमा जगतका चर्चित अभिनेता सौमित्र च्याटर्जीको 85 वर्षको उमेरमा आज 12 बजेर 15 मिनटमा कोलकाताको बेले भ्यू क्लिनिकमा निधन भयो। तिनको कोरोना टेस्ट पोजेटिभ आएपछि गत 6 अक्टोबरको दिन तिनी अस्पतालमा भर्ना भएका थिए। सौमित्र च्याटर्जीले 200 भन्दा अधिक फिल्ममा अभिनय गरिसकेका छन्। तिनको निधनमा सिनेमा जगतका लगायत पश्चिम बंगाल अनि देशको सांस्कृतिक जीवनलाई ठुलो क्षति पुगेको छ। तिनलाई 2012-मा दादासाहेब फाल्के र 2004-मा पद्म भूषणद्वारा सम्मानित गरिएको थियो। वर्ल्ड सिनेमामा तिनको अभूतपूर्व योगदानलाई ध्यानमा राखेर 2018-मा तिनलाई फ्रान्सको सर्वोच्च नागरिक सम्मान लीजन अफ् अनर-द्वारा सम्मानित गरिएको थियो। सौमित्र च्याटर्जीको निधनमा देशका प्रधानमन्त्री नरेन्द्र मोदी, पश्चिम बंगालका राज्यपाल जगदीप धनखड़, पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी, झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेन, अभिनेत्री पायल घोष, स्वास्तिका मुखर्जी लगायत अन्यले शोक समवेदना प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *