बङ्ग्ला सिनेमा जगतका चर्चित अभिनेता सौमित्र च्याटर्जीको 85 वर्षको उमेरमा आज 12 बजेर 15 मिनटमा कोलकाताको बेले भ्यू क्लिनिकमा निधन भयो। तिनको कोरोना टेस्ट पोजेटिभ आएपछि गत 6 अक्टोबरको दिन तिनी अस्पतालमा भर्ना भएका थिए। सौमित्र च्याटर्जीले 200 भन्दा अधिक फिल्ममा अभिनय गरिसकेका छन्। तिनको निधनमा सिनेमा जगतका लगायत पश्चिम बंगाल अनि देशको सांस्कृतिक जीवनलाई ठुलो क्षति पुगेको छ। तिनलाई 2012-मा दादासाहेब फाल्के र 2004-मा पद्म भूषणद्वारा सम्मानित गरिएको थियो। वर्ल्ड सिनेमामा तिनको अभूतपूर्व योगदानलाई ध्यानमा राखेर 2018-मा तिनलाई फ्रान्सको सर्वोच्च नागरिक सम्मान लीजन अफ् अनर-द्वारा सम्मानित गरिएको थियो। सौमित्र च्याटर्जीको निधनमा देशका प्रधानमन्त्री नरेन्द्र मोदी, पश्चिम बंगालका राज्यपाल जगदीप धनखड़, पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी, झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेन, अभिनेत्री पायल घोष, स्वास्तिका मुखर्जी लगायत अन्यले शोक समवेदना प्रकट गरे।
बङ्ग्ला सिनेमा जगतका चर्चित अभिनेता सौमित्र च्याटर्जीको निधन

Share this story
More from Uncategorized
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
फूलबारीमा दुई भिन्न-भिन्नै दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
फूलबारी, 27 जून (निसं): फूलबारीमा गत राति भएको दुई भिन्न-भिन्नै सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। यी दुइवटै दुःखद दुर्घटना सिलगढी नजिक फूलबारी क्षेत्रको जियागञ्ज र बटालियन मोडमा शुक्रबार राति घटेका हुन्। पहिलो दुर्घटना जियागञ्ज नजिकको क्षेत्रमा राति लगभग 2:30 बजे भएको थियो, जहाँ एउटा ठूलो मालवाहक ट्रेलर र दूधको ट्याङकर आपस्तमा ठोक्किएका…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
