बङ्ग्लादेशी इलिस माछासहित तीनजना पक्राउ

कुचबिहार : मेखलीगञ्ज पुलिसले बङ्ग्लादेशी इलिस माछासहित तीनजना तस्करलाई पक्राउ गरेको छ। यसको साथै पुलिसले एउटा वाहन पनि आफ्नो नियन्त्रणमा लिएको छ। पक्रा पर्नेहरू कुचलीबाड़ी थाना इलाका निवासी विष्णुपद राय, विमल राय र रतन रायको रूपमा सामेल छन्। पुलिसले तिनीहरूबाट 42 किलो बङ्ग्लादेशी इलिस माछा उद्धार गरेको छ। उद्धार गरिएको माछा सीमा पार गरेर अवैध रूपमा बाजारमा बिक्री गर्नको निम्ति ल्याइरहेको बताइएको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *