बङ्ग्लादेश र कुचबिहारको क्लबमाझ फुटबल मैत्री म्याच सम्पन्न

कुचबिहार: बङ्ग्लादेशको क्लब बनाम भारतको कुचबिहारको एउटा क्लबमाझ आज सौहार्द्रपूर्ण फुटबल मैत्री म्याचको आयोजना गरियो। कुचबिहार जिल्ला क्रीड़ा संस्थाको आयोजनामा यहाँको राजबाड़ी स्टेडियममा सम्पन्न भएको फुटबल म्याच बङ्ग्लादेश ढाकाको सोनाली अतीत क्लब बनाम कुचबिहार जिल्लाको भेट्रन्स फुटबल टोलीमाझ मैत्री म्याच खुबै रोचक ढङ्गमा सम्पन्न भयो।


 

दुई देशमाझको आपसी सम्बन्धलाई अझ प्रगाढ़ तथा मजबुत गर्नको लागि यस प्रकारको मैत्री फुटबल खेलको आय़ोजना गरिएको बताइएको छ। यस म्याचको उद्घाटन कार्यक्रममा कुचबिहार जिल्ला शासक पवन कादियान, जिल्ला पुलिस अधीक्षक सन्तोष निम्बालकर, नगरपालिका चेयरम्यान भूषण सिंह, जिल्ला क्रीड़ा संस्थाका सचिव विष्णु ब्रत बर्मनलगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *