ब्याङ्क खातामा धेरै रुपियाँ आफै जम्मा भएपछि ब्याङ्कमा भीड

कुचबिहार : कुचबिहार जिल्लाको दिनहाटा महकुमा अन्तर्गत पर्ने करला गाउँमा कसैको ब्याङ्क खातामा 10 हजार र कसैकोमा 33 हजार रुपियाँ आफै जम्मा भएको मामिला अघि आएको छ। यस घटनाको खबर फैलिएपछि आ-आफ्नो ब्याङ्क खाताको जानकारी लिनको लागि ब्याङ्कमा मानिसहरूको आज दिनभरि नै भीड़ देखियो। दिनहाटा दुई नम्बर ब्लकका अधिकारी जयन्ता दत्ताले यसबारे पुलिसलाई जानकारी गराएको बताए। यसैगरी, पुलिसले पनि उक्त घटनालाई लिएर छानबीन शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *