फुलबारी (निसं): फुलबारी 1 नम्बर ग्राम पञ्चायत कार्यालयको आज बीडीओले छड्के भ्रमण गरे। यस अवधि कार्यालयमा प्रधान तथा अन्य कर्मचारीहरू समयमा उपस्थित नरहेकोले बीडीओले रोष प्रकट गरे। नागरिकहरूले उचित रूपमा सरकारी सेवाहरू पाउन सकोस् भन्ने उद्देश्य लिएर राजगञ्जका बीडीओ प्रशान्त बर्मनले आज फुलबारी 1 नम्बर ग्राम पञ्चायत कार्यालयको छड्के भ्रमण गरेको बताइएको छ। तिनी आज बिहान लगभग 11 बजेर 30 मिनटमा ग्राम पञ्चायत कार्यालयमा पुगे तापनि कार्यालयमा कुनै कर्मचारीहरू आइपुगेका थिएनन्। तर नागरिकहरू पहिला सरकारी सेवा लिनको लागि कार्यालय पुगिसकेका थिए। लगभग 12 बजी एक-दुईजना कर्मचारी कार्यालयमा आउनथाले भने धेरैजसो अधिकारी तथा कर्मचारी कार्यालयमा नआएकोले गर्दा बीडीओले रोष प्रकट गरे। ड्युटीमा समयमा नआएकोमा केही कर्मचारीहरूलाई बीडीओले गाली समेत गरे। नोकरीको लागि रेसिडेन्टल सर्टिफिकेट लिन आएकी निशा रजकले भनिन्, 11 बजी सर्टिफिकेट लिनको लागि कार्यालयमा आइपुगेको थिए। साढे 11 बजी सके तापनि कुनै पनि कर्मचारी कार्यालयमा आएको छैन। यदि सर्टिफिकेट नपाए नोकरी पाउँछु अथवा पाउँदिन भन्दै तिनले चिन्ता व्यक्त गरिन्। यसैगरी, ग्राम पञ्चायत कार्यालयमा आएका अन्य केही नागरिकहरूले पनि यस्तै प्रकारको आरोपहरू लगाए। यस सम्बन्धमा बीडीओ प्रशान्त बर्मनले भने, एकजना ब्लक कलेक्टिभ डेभलपमेन्ट अफिसरको हैसियतमा नागरिकहरूले सही समयमा सटीक सेवाहरू पाएका छन् अथवा छैनन् भन्ने विषमा हेरविचार गर्नु मेरो कर्तव्य हो। फुलबारी 1 नम्बर ग्राम पञ्चायत बारेमा मैले धेरै अभियोगहरू पाएकोले गर्दा नै मैले आज बिहान साढे 11 बजी उक्त कार्यालयको छड्के निरीक्षण गरेको हो। कार्यालय आएपछि केही कर्मचारीहरू अडिटको लागि कोलकाता गएको थाहा पाए भने यहाँको प्रभारी समयमा कार्यालय आउँदैनन्। तिनले विभिन्न प्रकारको बहाना गर्ने गर्दछन्। नागरिकहरूले केही अभियोग गरेका छन्। यदि तिनीहरूले लिखित रूपमा जानकारी दिएको खण्डमा कर्मचारीहरूविरुद्ध कार्वाही गरिनेछ।
बीडीओद्वारा फुलबारी 1 नम्बर ग्राम पञ्चायत कार्यालयको छड्के भ्रमण

Share this story
More from North Bengal
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
Siliguriनक्सलबारीमा ब्राउन सुगर र नगद उद्धार प्रकरण: अझ 2 जना पक्राउ
नक्सलबारी, 6 जून (निसं): नक्सलबारी थाना पुलिसले ब्राउन सुगर र नगद उद्धार गरेको प्रकरणमा दुई जना थप लागूपदार्थ व्यवसायमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत 15 मईमा नक्सलबारीको टुकरिया मोडस्थित एउटा घरमा पुलिसले छापा मार्दा 70 ग्राम ब्राउन सुगर र 2 लाख 65 हजार रूपियाँ नगद उद्धार गरिएको थियो। सोही राती पुलिसले तीन जनालाई पक्राउ गरेको थियो।…
Siliguriफूड सेफ्टी विभागद्वारा सिलगढीका होटल-रेस्टुँरेन्टमा फेरि विशेष अभियान
सिलगढीमा खाद्य सुरक्षा सम्बन्धी नियमहरूको निगरानी गर्न फूड सेफ्टी विभागले आज फेरि विशेष अभियान चलायो। आजको अभियान ईस्टर्न बाइपासको बाणेश्वर मोडदेखि आशीघर मोडसम्म चलाइएको थियो। यस क्रममा भक्तिनगर थाना, आशीघर चौकी, एनफोर्समेन्ट ब्रान्च र दमकल विभागको टोली उपस्थित रहेको थियो। उक्त अभियान अन्तर्गत, विभिन्न होटल, मिठाई पसल, रेस्टुरेन्ट र फास्ट फुड पसलहरूको निरीक्षण गरिएको थियो। निरीक्षणको क्रममा एउटा मिठाई दोकानमा…
नक्सलबारीमा ब्राउन सुगरसहित दुई जना युवक पक्राउ
नक्सलबारी, 5 जून (निसं): नक्सलबारी थाना पुलिसद्वारा 23 ग्राम ब्राउन सुगरसहित दुई जना युवकलाई पक्राउ गरिएको छ। पक्रा पर्नेहरूको नाम शोहान लामजेल र जिग्मी तामाङ रहेको छ। दुवै जना दार्जीलिङ सदर क्षेत्रका वासिन्दा हुन्। जानकारी अनुसार, गत राति उनीहरूले खोरीबारीस्थित पानीट्याङकी क्षेत्रबाट ब्राउन सुगर किनेर मोटरसाइकल मार्फत दार्जीलिङ जाँदै गरेका थिए। गोप्य सूचनाको आधारमा पुलिसले नक्सलबारीको जाबडा मोड क्षेत्रमा अभियान…
