सिलगढी (निसं): सडक मरमति गरिदिने माग गर्दै स्थानीय मानिसहरूले आज सिलगढी संलग्न डाबग्राम 2 नम्बर अञ्चल अन्तर्गत बारिभाषा भीआईपी रोड अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। बारिभाषा भीआईपी रोड धेरै समय अघिदेखि जर्जर अवस्थामा रहेकोले गर्दा उक्त सडक भएर आवतजातव गर्नमा वाहन चालक तथा स्थानीय मानिसहरूलाई निक्कै असुविधा भइरहेको छ। उक्त सडकमा लगातार दुर्घटनाहरू हुने गरेकोले गर्दा स्थानीय मानिसहरूले सडक मरमति गरिदिने माग गर्दै आइरहेका छन्। एसजेडीएले सडकको जीर्णोद्धार गरिदिने वाचा गरे तापनि हालसम्म सडक मरमतिको काम शुरू गरिएको छैन। सडकको जर्जर अवस्थाले गर्दा सडकमा धुलो उड्ने गरेकोले गर्दा स्थानीय मानिसहरू समस्यामा परेका छन्। यसैले गर्दा आज फेरि गाउँलेहरूले सडक मरमति गरिदिने माग गर्दा सडक अवरोध गरेर विक्षोभ प्रदर्शन गरेको बताइएको छ। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेका थिए। लगभग 2 घण्टासम्म सडक जाम गरेपछि पुलिसको हस्तक्षेप तथा आश्वासनपछि स्थानीय मानिसहरूले सडक अवरोध हटाए। अर्कोतिर, एसजेडीए चेयरम्यान सौरभ चक्रवर्तीसित फोनमार्फत् सम्पर्क गर्दा तिनले कुनै प्रतिक्रिया दिएनन्।
बेहाल अवस्थामा बारिभाषा भीआईपी रोड, सडक अवरोध गरेर गाउँलेहरूद्वारा विरोध प्रदर्शन

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
