बेहाल अवस्थामा बारिभाषा भीआईपी रोड, सडक अवरोध गरेर गाउँलेहरूद्वारा विरोध प्रदर्शन

सिलगढी (निसं): सडक मरमति गरिदिने माग गर्दै स्थानीय मानिसहरूले आज सिलगढी संलग्न डाबग्राम 2 नम्बर अञ्चल अन्तर्गत बारिभाषा भीआईपी रोड अवरोध गरेर विक्षोभ प्रदर्शन गरे। बारिभाषा भीआईपी रोड धेरै समय अघिदेखि जर्जर अवस्थामा रहेकोले गर्दा उक्त सडक भएर आवतजातव गर्नमा वाहन चालक तथा स्थानीय मानिसहरूलाई निक्कै असुविधा भइरहेको छ। उक्त सडकमा लगातार दुर्घटनाहरू हुने गरेकोले गर्दा स्थानीय मानिसहरूले सडक मरमति गरिदिने माग गर्दै आइरहेका छन्। एसजेडीएले सडकको जीर्णोद्धार गरिदिने वाचा गरे तापनि हालसम्म सडक मरमतिको काम शुरू गरिएको छैन। सडकको जर्जर अवस्थाले गर्दा सडकमा धुलो उड्ने गरेकोले गर्दा स्थानीय मानिसहरू समस्यामा परेका छन्। यसैले गर्दा आज फेरि गाउँलेहरूले सडक मरमति गरिदिने माग गर्दा सडक अवरोध गरेर विक्षोभ प्रदर्शन गरेको बताइएको छ। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेका थिए। लगभग 2 घण्टासम्म सडक जाम गरेपछि पुलिसको हस्तक्षेप तथा आश्वासनपछि स्थानीय मानिसहरूले सडक अवरोध हटाए। अर्कोतिर, एसजेडीए चेयरम्यान सौरभ चक्रवर्तीसित फोनमार्फत् सम्पर्क गर्दा तिनले कुनै प्रतिक्रिया दिएनन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *