बेहाल अवस्थामा रहेको ठाकुर पञ्चानन वर्माको सालिगको विधायक शङ्कर घोषहरूद्वारा साफ सफाई

सिलगढी : ठाकुर पञ्चानन वर्माको सालिग बेहाल अवस्थामा रहेको छ। पार्कको हेरचाह राम्रो प्रकारले नगरेको साथै छेउमा रहेका इलाकाहरू पनि जर्जर अवस्थामा रहेको आरोप लगाउँदै सिलगढीका विधायक शंकर घोषले क्षोभ प्रकट गरे। आज शङ्कर घोषले मनिषी ठाकुर पञ्चानन वर्माको सालिगको साफ सफाई गर्नको साथै यसलाई लिएर एसजेडीए र सिलगढी नगरनिगमविरुद्ध क्षोभ प्रकट गरे। शङ्कर घोष, शिखा च्याटर्जी, आनन्दमय बर्मन लगायत पार्टीका अन्य कार्यकर्ताहरूले आज बिहानै नौकाघाट मोड संलग्न इलाकामा रहेको ठाकुर पञ्चानन बर्माको सालिग सफा गर्नको साथै त्यसको छेउछाउमा उम्रेको झारपात उखलेको बताइएको छ। यस अवसरमा विधायक घोषले भने, पिउने पानीको समस्या लिएर आएका थियौँ। तर यहाँ आएर उत्तर बङ्गालको गौरव मनिषी पञ्चानन वर्माको सालिग वरिपरि झारपात उम्रेको देख्यौँ। यति धेरै काम एक दिनै गर्न सम्भव नरहेकोले गर्दा नै आज आफूहरूले सालिगको साफ सफाई साथै यसको छेउछाउमा उम्रेको झारपातहरू उखेल्यौँ। हामी सबै नागरिक हौँ। यो हामी सबैको जिम्मेवारी हो। यस अवधि तिनले नगरनिगम र एसजेडीएमाथि कटाक्ष कस्दै भने, हजारौँ कामहरूबीच सायद तिनीहरूले यसलाई समय दिन सकेनन्। यसैले आफूहरूले आज ठाकुर पञ्चानन बर्माको सालिग सफा गर्नको साथै त्यसको छेउछाउमा उम्रेको झारपात उखेलेका हौँ। अर्कोतिर, विधायक शङ्कर घोषको उक्त आरोपको सन्दर्भमा सिलगढी जलपाईगढी विकास परिषदका चेयरम्यान सौरभ चक्रवर्तीलाई प्रश्न गर्दा तिनले फोनमार्फत् बताएअनुसार शंकरबाबुले त्यहाँको विरुवालाई झार भन्नुभयो। त्यहाँ रुखका विरुवाहरू रोपिएको छ। नियमित रूपमा त्यसमा पानी हाल्ने गर्छ। त्यहाँ सुरक्षा गार्डहरू पनि राखिएको छ। यसबाहेक त्यहाँ कार्यक्रमको पनि आयोजना गर्ने गरिन्छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *