सिलगढी : नोकरीको खोजीमा यताउता भौतारी हिँडेका युवाहरूको सहयोगको लागि जनमैत्री फाउन्डेसन अघि आएको छ। आज सिलगढी जर्नलिस्ट क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर जनमैत्री फाउन्डेसनको तर्फबाट अन्तरिक्स अभिषेकले बताएअनुसार यसभन्दा अघि पनि उक्त संस्थाले बिहारमा काम गरिसकेको साथै अब तिनीहरूले बङ्गालका बेरोजगार युवाहरूको लागि पनि काम गर्न चाहेको बताए। यसको साथै संस्थाका सदस्यहरूले राज्य सरकार तथा केन्द्र सरकारमाथि कटाक्ष कसे। देशमा दिन-प्रतिदिन बेरोजगारी बढ्दै गइरहेको छ। यसलाई लिएर केन्द्र तथा राज्य सरकार दुवैले कुनै ठोस पहल नगरेकोले गर्दा नै नोकरीको आवश्यक रहेको युवाहरूको लागि नोकरी प्रदान गर्ने उद्देश्य लिएर संस्थाले एउटा टोल फ्री नम्बर जारी गर्ने भएको छ। उक्त टोल फ्री नम्बरमार्फत् फोन गरेर बेरोजगार युवाहरूले आफ्नो नाम दर्ता गर्न सक्ने साथै संस्थाको तर्फबाट यी युवाहरूललाई हरसम्भव सहयोग गर्ने तिनले बताए। समाजका युवाहरूलाई रोजगार दिन बाहेक संस्थाको अर्को उद्देश्य लागू पदार्थको लत लागेको युवाहरूलाई उचित मार्गदर्शन गर्नु रहेको तिनले बताए।
बेरोजगार युवाहरूको सहयोगको लागि अघि आयो जनमैत्री फाउन्डेसन

Share this story
More from Siliguri
सिलगढीमा आपराधिक घटना हुन अगावै 3 जना बदमाश पक्राउ
सिलगढी, 3 जुलाई (निसं): सिलगढी भक्तिनगर थाना पुलिसले सादा पोशाकमा आपराधिक घटना हुन अगावै तीन जना बदमाशलाई पक्राउ गर्न सफल भएको छ। पक्रा परेका आरोपीहरूको नाम अमजद अहमद, मोहम्मद हबीब र कमल थापा रहेको बताइएको छ। भक्तिनगर थाना पुलिस सूत्र अनुसार, गत राति सिलगढीको सालुगढास्थित जीवनदीप बिल्डिङ नजिक क्षेत्रमा लगभग 10 जना बदमाशहरू भेला भएको गोप्य सूचना प्राप्त भएको थियो।…
Siliguriसिलगढीका डिप्टी मेयरले घर-घरमा पुगेर दिघा जगन्नाथ मन्दिरको प्रसाद गरे वितरण
सिलगढी, 29 जून (निसं): सिलगढी नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले 15 नम्बर वार्डमा दिघा जगन्नाथ मन्दिरको प्रसाद वितरण गरे । आज बिहान उनले रासन डिलरहरूका साथमा सो क्षेत्रका पुगेर विभिन्न घरहरूमा स्वयं गएर प्रसाद पुर्याूए। डिप्टी मेयर रञ्जन सरकारको यस मानवीय पहलप्रति स्थानीय वासिन्दाहरूले खुसी व्यक्त गरेका छन्। यस अवधि रञ्जन सरकारले भने, “धेरै मानिसहरू अझसम्म दिघा जगन्नाथ मन्दिर…
सिलगढीको एटीएम लुट काण्ड: हरियाणाबाट एक अनि सिलगढीबाट दुई आरोपी पक्राउ
सिलगढी, 24 जून (निसं): सिलगढीको चम्पासारी एटीएम लुटपाट काण्डमा संलग्न हरियाणाको नूँह जिल्लास्थित कुख्यात मेवाती गिरोहको पर्दाफास प्रधान नगर थाना पुलिस टोलीले गरेको छ। यस घटनामा पुलिसले हरियाणाबाट एक जना र सिलगढी भक्तिनगरबाट दुई जना आरोपीलाई पक्राउ गरेको छ। उल्लेखनीय रहोस, गत 18 जून राति चम्पासारी मोडस्थित एउटा राष्ट्रियकृत ब्याङ्कका दुई एटीएम-मा ग्यास कटर प्रयोग गरेर लगभग 10 लाख 50…
सिलगढीमा एकपछि अर्को लडिरहेका छन् रुखहरू, नयाँ बिरूवा लगाएर भाजपा-ले गऱ्यो विरोध प्रदर्शन
सिलगढी, 24 जून (निसं): पछिल्ला केही महिनामा सिलगढीका विभिन्न क्षेत्रहरूमा एकपछि अर्को पुराना रुखहरू लडिरहेका छन्। यद्यपि कुनै ठूलो आँधीबेह्री वा प्राकृतिक प्रकोप नआए तापनि यस्ता घटनाहरू दिन-प्रतिदिन बढिरहेका छन्। यस घटनाको विरोधमा भारतीय जनता पार्टीले अनौठो ढंगले विरोध प्रदर्शन गर्दै नयाँ रुखहरू रोप्ने कार्यक्रम गरेको छ। जानकारीअनुसार, आज सिलगढी नगर निगममा विपक्षी नेता अमित जैनको नेतृत्वमा भाजपा कार्यकर्ताहरूले ती…
